विराटनगर  भारतबाट नेपालतर्फ आउदै गरेको स्रोत नखुलेको भारतीय  रकम बोकेर आउँदै गरेको अवस्थामा विराटनगर बाट चारजनालाई प्रहरीले पक्राउ गरि  अनुसन्धान सुरु गरेको छ । भारतबाट नेपाल प्रवेश गरेका उनीहरुलाई गत २८ गते सीमा प्रहरी चौकी रानीको टोलिले ३ लाख ८ हजार ५०० रुपिँया नगदसहित नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरुमाथि अनुसन्धान गर्न राजश्व कार्यालय ईटहरीमा बुझाइएको छ । पक्राउ पर्नेमा भारत बिहार, सहरसा मनोहर गाउँ वडा नं.१४ का अभिनाष मुखिया, बिष्णुदेव मुखिया, सुनसरी बर्जु गाउँपालिका–१ का सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव रहेका छन् ।