धनकुटा । नेपालमा कफि खेती प्रविधि र सम्भावनालाई मध्यनजर गर्दै धनकुटा जिल्लामा पनि कफि खेतिको शुरुवात गरिएको छ । 

माग अनुसारको उत्पादन कम भएकाले माग पुरा गर्न नसकिएको अवस्थामा अत्याधिक मात्रामा कफिको उत्पादन बढाउन नेपाल सरकार राष्ट्रिय चिया तथा कफि विकास बोर्डले कफि प्राविधिकहरुलाई तालिम दिएर दक्ष बनाई नमुना नर्सरी निमार्ण गरि कफिको उत्पादन बढाउन धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकामा चारदिने प्राविधिक तालिम सञ्चालन गरिरहेको छ ।

नेपालको झण्डै ४७ वटा जिल्लामा करिब व्यावसायिक रुपमा अर्गानिक अराविका कफिको प्लान्टेसन गर्न सकिने अवस्था भएकाले नेपालमै रोजगारीको सृजना गर्न व्यावसायिक रुपमा कफि खेतीको उत्पादन बढाउन सके कफि बाटै रोजगार बनाउन सकिने छ । 

तीनै तहका सरकार स्थानीय, प्रदेश र संघले कफिलाई पहाडी जिल्लामा अर्गानिक कफि, पुर्वदेखि पश्चिम सम्म, नर्सरी गरेर जाने हो भने मानव स्रोत  अनुसन्धान आर्थिक स्रोत प्राविधिक परिचालन सुचना स्रोतहरु छुट्याएर सरोकारवा विचमा क्रियाकलापहरु सञ्चालन गर्ने हो भने कफिले साच्चै संमृद्ध नेपाल र सुखि, खुसि नेपालीको अभियानलाई पुरा गर्ने नेपाल सरकार राष्ट्रिय चिया तथा कफि विकास बोर्डका उपनिर्देशक डाक्टर लक्ष्मण पोखरेलले बताउनु हुन्छ । vlcsnap-2022-04-06-16h47m32s909

यतिवेला कच्चा फेस चेरी प्रतिकेजि करिव ९० रुपैयाँमा बिक्रि गर्न सकिने र राम्रो नर्सरीमा भएको प्रति विरुवालाई कम्तिमा ३० रुपैयाँमा बेच्न सकिने छ ।

कफिको पकेट क्षेत्र घोषणा गर्न जिल्लामा शुरु गरिएको कफिखेतीलाई प्राथमिकतामा राखेर कफिबाटै आर्थिक संमृद्ध ल्याउन प्रदेश सरकारको एक करोड रुपैयाँ र पाख्रिबास नगरपालिकाको १० लाख रुपैयाँको लागतमा कफिको उत्पादन बढाई स्वस्थ अर्गानिक कफि उत्पादनकालागि हाईटेक नर्सरी निर्माण गरि बेर्ना तयारी अवस्थामा रहेको कफि प्रशोधन केन्द्रको उपनिर्देशक पोखरेलले अवलोकन समेत गर्नुभएको छ । 

६० रोपनिमा करिब ६ हजार विरुवा रोपिसकेको र साढे तीन रोपनिमा पुर्वाधार निर्माण गरि करिब ५० हजार विरुवा हाईटेक नर्सरीमा अर्गानिक र स्वस्थ बेर्ना उत्पादन गर्दै स्थानीयलाई रोजगार दिएको पाख्रिबास नगरपालिकाका नगर प्रमुख बिर्ख बहादुर राईले जानकारी दिनुभयो । vlcsnap-2022-04-06-16h46m03s101

त्यस्तै सोमबार दैखी सुरु भएको तालिममा सहभागीहरुले फलदायि रहेको र तालिममा सहभागिको प्रतिनिधित्व गर्नुहुदै पढाई र तालिम फरक रहेकोे खोटाङ्ग जिल्लाका कृषि प्राविधिक तोषल भट्राई बताउनुहुन्छ । 

पाख्रिबासको मुगामा विकास गरेको कफि नर्सरीबाटै अधिकांस बाझो जमिनलाई उपभोग गरि किसानहरुको आफ्नो जिवनलाई आर्थिक आय आर्जनसँग जोड्ने वडा नम्वर ८ का अध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।  

प्रशिक्षक निर्माण गरि कफिखेतिलाई  गुणस्तर बनाउन प्राविधिकहरुलाई तालिम दिईएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कृषि विकास अधिकृत चन्द्र प्रकाश पुरीका बताउनुहुन्छ । 

करिब एकसय जना भन्दा बढि स्थानीयले कफि खेती मै रोजगार पाएको नगरपालिकाले शुरु गरेको कफि खेती प्रवद्धनमा अगाडि बढिरहनु भएका कृषि अभियान्ता जिवन प्रसाद राई  बताउनुहुन्छ ।