शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ।
भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे ।
मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायीक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरि लगानीको वातावरण सिर्जना गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन्,’ उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’