इटहरी । यूटर्न इन्टरनेशनले शनिबार इटहरीमा स्वास्थ्य तथा सम्वृद्धि जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषिउत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यूटर्नले मौरीजन्य सामग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमै विभिन्न सामाग्री उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गर्नुभयो । पूर्व मन्त्रि विश्वकर्माले प्रत्यक्ष विक्रि प्रणालीबाट उपभोक्ताले सबैभन्दा बढी फाइदा लिनसक्ने पनि बताउनुभयो । उहाँले प्रत्यक्ष विक्रि प्रणालीबाट नेपाली उत्पादनलाई प्रर्वधन गर्न र विदेश निर्यातसम्म गर्न सकिने भएकाले आफु मन्त्रि हुँदा सो प्रत्यक्ष विक्रि सम्बन्धि ऐन ल्याएको स्मरण गर्नुभयो ।
कार्यक्रममा यूटर्न इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा अध्यक्ष बलराम सुवेदीले नेपाललाई आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन यूटर्नले जीवनशैली परिवर्तनको नारा सहित प्रत्यक्ष विक्रि प्रणालीबाट व्यवसाय गर्दै आएको बताउनुभयो । उहाँले यूटर्नले निकट भविश्यमा लाखौं युवालाई स्वदेशमै रोजगारी दिनुका साथै स्वदेशी कच्चा पदार्थबाट उत्पादित सामाग्री विदेश निर्यात गरि व्यापार घाटा कम गर्न सरकारलाई सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल, जीवन विज्ञान सुनसरीका संयोजक केदारमान कार्की लगायतले यूर्टनका उत्पादनले मानवीय स्वस्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा यूटर्नका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले कम्पनिका विभिन्न स्कीमका विजेताहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो । मौरीजन्य उत्पादनबाट पौष्टिक आहार, हिमाली जडिबुटीको जुस तथा सुपर कस्मेटिक पदार्थ उत्पादन गर्दै आएको यूटर्नले स्वास्थ्य र समृद्धिका लागि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा झापा, मोरङ र सुनसरीका करिब चारसय जना प्रतिनिधिहरुको उपस्थिति थियो ।