इटहरी । राष्ट्रिय युवा संघ सुनसरीले विभिन्न सामाजिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीले इटहरीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इटहरी १६ पकलीस्थित जब्दी आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट १ सय ५० बढी स्थानीयबासीले सेवा लिएका छन् । शिविरमा स्त्री रोग विशेषाज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो अवसरमा दन्त रोग विशेषज्ञको सेवा लिनेहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस र मञ्जन समेत वितरण गरिएको छ । शिविरमा वीपी प्रतिष्ठान धरानका स्त्री रोग विशेषज्ञ डा. सवनम, बालरोग विषेशज्ञ डा. विनोद, फिजिसियन डा. चतुरानन्दन, नाक, कान घाँटी रोग विशेषज्ञ डा. सुवर्ण श्रेष्ठ, हाडजोर्नी रोग विशेषज्ञ डा. सन्दीप राना र डा. आस्विनले सेवा प्रदान गर्नुभयो । यसैगरि इटहरी स्थित मनकामना डेन्टलबाट दन्त रोग विशेषज्ञ डा. सुजन गौतमले सेवा प्रदान गर्नुभयो ।
शिवरबाट इटहरी उपमहानगरपालिका वडा नम्बर १६ लगायत वडा नम्बर १७, १८ का स्थानीयबासीले समेत सेवा लिएको राष्ट्रिय युव संघका पूर्व केन्द्रीय सदस्य राजन वानीयाँले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष यामकुमार सुब्बा, इटहरी १६ का अध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय सदस्य राजन बानीयाँ, सुनसरी अध्यक्ष सुजन लामा, उपाध्यक्ष व्रह्माज्ञ भट्टराई, सचिव राकेश डाँगी, सहसचिव अरुण अम्बुले राई, सुनिल कार्की, कोषाध्यक्ष लक्ष्मण शाह, कार्यालय सचिव धिरज वर्मा, युथ फोर्स सुनसरी प्रमुख रोशनसिंं लामा, संगठन विभाग प्रमुख राम गुरुङ, इटहरी नगर इञ्चार्ज राजेश राई, इटहरी अध्यक्ष कमलजंग दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस्तै राष्ट्रिय युवा संघ इटहरी १९ का इञ्चार्ज विमल शाक्य तथा इटहरी १६, १९ र २० का अध्यक्ष लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ सुनसरीले पछिल्लो समय विभिन्न सामाजिक गतिविधिलाई तिव्रता दिएको छ । इटहरीका विभिन्न वडामा लामखुट्टे न्यूनिकरण गर्ने विशादी छर्कने कामलाई समेत जारी राखेकोमा जिल्लाका अन्य स्थानीय तहमा समेत सो कार्य अघि बढाउने योजना रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय युवा संघ सुनसरीले वृद्धवृद्धाहरुलाई न्यानो माया कार्यक्रम अन्तरगत ब्लांकेट वितरण तथा सम्मान कार्यक्रम गरिसकेको छ । यस्तै बेलबेला विभिन्न समस्यामा परेका विपन्नहरुलाई सहयोग गर्ने, सरसफाई कार्यक्रम गर्ने, विभिन्न सार्वजनिक ठाउँमा डस्विन राख्ने, वृक्षारोपण लगायतका काम पनि गर्दै आएको छ