ताजा अपडेट
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की कम्युनिस्ट शक्तिहरू एकजुट भएर आन्दोलनको तयारी गर्न प्रचण्डको अपिल नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ सुकुटी व्यवसायले फेरियो लक्ष्मीमार्गको पहिचान सप्तरीमा ३ वर्षीया बालिका घर नजिकै झाडीमा मृत फेला कर वृद्धिका विरुद्ध देशभरि अभियान चलाउछौँ : कुलमान घिसिङ पार्टी एकताका लागि गगनसँग छलफल गर्छु : शेरबहादुर देउवा गरिमा प्रकरणमा कानूनमन्त्रीको भावुक अभिव्यक्ति : 'एउटी आमा र छोरीका रूपमा मलाई भित्रैदेखि निमोठ्यो' बारामा बेपत्ता २ वर्षीया बालिका सकुशल फेला जय नेपाल पार्टी बनाएका धवलले गरे पूर्वराजा ज्ञानेन्द्रसँग भेट
समाज

दयालु लोलिमः ११ विपन्न् परिवारको स्वास्थ्य विमाको सारथी बने

सेयर गर्नुहोस्
alt

उर्लाबारी । मोरङको उर्लाबारी-९ निवासी लोलिम पोमूले सोही वडाका ११ विपन्न् परिवारको स्वास्थ्य विमा गराईदिएका छन् ।

उर्लाबारीमा राजनीति र समाजसेवामा लगाव राख्दै आएका पोमु आफूलाई सामाजिक सेवामा समर्पित गराउँदै आएको एउटा नाम हो ।

अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष पोमू कसैले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर पहिलेदेखि नै गरिब, विपन्नको निःशुल्क उपचार गराउँदै आएका छन् । यसैक्रममा शनिबार उनले उर्लाबारी-९ का ११ परिवारको स्वास्थ्य बिमा गराइदिएका छन् । 

करिब ५० हजार रुपैयाँ तिरिदिएर उनले ती गरिब तथा विपन्न परिवारको घरघरमै पुगेर स्वास्थ्य विमा गराइदिएका हुन् ।

पैसा अभावकै कारण कसैले पनि उपचारबाट बन्चित हुनु नपरोस् भनेर ११ परिवारको बिमा गरिदिएको बताउँदै उनले भने, ‘क्रमशः अरु विपन्न परिवारको पनि बिमा गरिदिनेछु ।’ उनले यसअघि १३ परिवारको बिमा गराइदिएका थिए । जम्मा २४ परिवारले बिमावापत २४ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने उनले बताए ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति समेत रहेका युवा नेता लोलिम लामो समयदेखि सामाजिक सेवामा सक्रिय छन् । उनले आर्थिक अभावका कारण उपचार नपाएका सयौं बिरामीको अरनिको अस्पतालमा निःशुल्क उपचार गराइदिएका छन् ।

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज