ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
समाज

दयालु लोलिमः ११ विपन्न् परिवारको स्वास्थ्य विमाको सारथी बने

सेयर गर्नुहोस्
alt

उर्लाबारी । मोरङको उर्लाबारी-९ निवासी लोलिम पोमूले सोही वडाका ११ विपन्न् परिवारको स्वास्थ्य विमा गराईदिएका छन् ।

उर्लाबारीमा राजनीति र समाजसेवामा लगाव राख्दै आएका पोमु आफूलाई सामाजिक सेवामा समर्पित गराउँदै आएको एउटा नाम हो ।

अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष पोमू कसैले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर पहिलेदेखि नै गरिब, विपन्नको निःशुल्क उपचार गराउँदै आएका छन् । यसैक्रममा शनिबार उनले उर्लाबारी-९ का ११ परिवारको स्वास्थ्य बिमा गराइदिएका छन् । 

करिब ५० हजार रुपैयाँ तिरिदिएर उनले ती गरिब तथा विपन्न परिवारको घरघरमै पुगेर स्वास्थ्य विमा गराइदिएका हुन् ।

पैसा अभावकै कारण कसैले पनि उपचारबाट बन्चित हुनु नपरोस् भनेर ११ परिवारको बिमा गरिदिएको बताउँदै उनले भने, ‘क्रमशः अरु विपन्न परिवारको पनि बिमा गरिदिनेछु ।’ उनले यसअघि १३ परिवारको बिमा गराइदिएका थिए । जम्मा २४ परिवारले बिमावापत २४ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने उनले बताए ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति समेत रहेका युवा नेता लोलिम लामो समयदेखि सामाजिक सेवामा सक्रिय छन् । उनले आर्थिक अभावका कारण उपचार नपाएका सयौं बिरामीको अरनिको अस्पतालमा निःशुल्क उपचार गराइदिएका छन् ।

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज