इन्धन अभाव भइरहेको बेलामा पछिल्लो समय नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गए राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोमिटर ५० अमेरिकी डलर बढाएको छ। मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोमिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।
निगमले खाना पकाउने ९एलपी० ग्याँसको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ।नयाँ मूल्य समायोजन पश्चात् पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८र७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।