रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ। अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रसुवामा १७ जनाको शव भेटिएको छ। नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ।
गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ।












