रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्दै आएका छन्।

यसै क्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बैंकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनस्र्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्दै आएको छ।