रसुवामा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङ उपस्थित बैठकमा रसुवामा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।
रसुवामामा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको असर मुग्लिनसम्म पर्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।












