रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आकस्मिक बाढी आएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

बाढीका कारण भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो। घटनापछि स्थानीयस्तरमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ। बाढीबाट मानवीय तथा भौतिक क्षति के–कति भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ।