कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन्।
यस्तै, प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको संख्या ४ रहेको छ। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो। मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए।
प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन्।












