बेलबारी, मोरङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलबारी नगर समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै बेलबारी नगरपालिका वडा नं. ७ र १० मा टोल समिति गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा रास्वपाका प्रमुख अतिथि पुष्पराज भण्डारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नागरिक तथा पार्टी समर्थकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
वडा नं. १० मा आयोजित कार्यक्रममा मुगाराज थापा संयोजक, राजकुमार राई सहसंयोजक र प्रेम गुरुङ सचिव रहने गरी ११ सदस्यीय टोल समिति गठन गरिएको छ।
त्यसैगरी, वडा नं. ७ मा सल बहादुर कटुवालको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन गरिएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा जनताका समस्या, विकास निर्माण, सुशासन, पारदर्शिता तथा राजनीतिक संगठनलाई जनतासँग प्रत्यक्ष जोड्ने विषयमा अन्तरक्रिया गरेका थिए।
रास्वपा बेलबारी नगर समितिले आगामी दिनमा पनि विभिन्न वडाका टोल–टोलमा संगठन विस्तार, जनसम्पर्क तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पछिल्ला कार्यक्रमहरूमा देखिएको जनसहभागिताले बेलबारीमा पार्टीको संगठन विस्तार अभियानले गति लिएको संकेत गरेको आयोजक बेलबारी नगर सभापति पुष्पराज भन्डारी ज्युले प्रमुख अतिथि भनेर दुवै कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।












