कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिए।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन्। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ ।नेकपासँग नयाँ सहमति भएसँगै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाइ सकेका छन्।












