नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। जेनजी आन्दोलनपछि देउवा बस्दै आएका चुनदेवीस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेताहरू बीच शुक्रबार भेटवार्ता भएको पुष्टि गरेका छन्। उनका अनुसार देउवा र कोइरालाबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएको छ।
‘पार्टी कसरी एकढिक्का बनाउने, कसरी पार्टीभित्रको समस्या कसरी मिलाउने भन्ने विषयमा कुराकानी भयो,’ थपलियाले भने।












