बेलबारी। मोरङको बेलबारी नगरपालिका–३ स्थित फुलबारी पेट्रोल पम्प छेउमा सोमबार दिउँसो अचानक मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ।
पेट्रोल पम्प छेउमा रहेको मोटरसाईकलमा अचानक आगलागी भएकाले केही समय त्रासको अवस्था सिर्जना भएको थियो। स्थानीय, नेपाल प्रहरी र बारुणयन्त्रको संयुक्त प्रयासमा आगो समयमै नियन्त्रणमा लिइएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















