पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला घाइते भएका हुन्।
घाइते हुनेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।
घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य ५ जनाको अवस्था मध्यम रहेको छ।




















