कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन्। बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए। तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएका थिए। अकस्मात मन्त्रीहरुले राजिनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ। 

२०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागी नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन्। 

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन्।