सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन्। कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै धर्ना दिएका हुन्।
सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन्। उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन्।
कोही पीडितलाई गृहमन्त्री आफैँले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदासमेत समय नदिएको उनीहरूको आरोप छ।
प्रहरीले भित्र जान मिल्दैन भनेपछि विनु सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन्। सँगै निहारिका पनि छोरोको साथमा पानीमै भिजिरहेकी हुन्। अहिले उनीहरूलाई प्रहरीले गेटबाट हटाएको छ।





















