काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।

बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन्।

747450451_1505577267450551_4234600110325332504_nअज्ञात व्यक्तिले कार्यालयको मूल गेटमा कार पार्क गरी छाडेपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन सकेका छैनन्।

यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहान करिब ७ बजेदेखि राखिएको अर्को गाडीको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

747207955_2098203987781877_5928308005773253783_nप्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका गाडीका धनीको खोजी गरिरहेको जनाएको छ। 

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेको छ। सबै गाडी हटाउने र घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

744598068_1053788750649127_3860874209411400352_n