अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो।

हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।

गिरीले भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल निरौला आइसियूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेकी जानकारी दिएका छन्।

साथै, उनले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने दर्शक, शुभेच्छुक तथा उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।