भदौ २४ मा भएको जेनजी आन्दोलनमा आगजनी गरी ध्वस्त पारिएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार भोलि बिहानदेखि विराटनगरस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको हो।
सञ्चालनमा आउन लागेको भाटभटेनीले ग्राहकलाई सहज बनाउने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जनाएका छन्।




















