प्रधानमन्त्री वालेन्द्र शाह सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन्छु भन्दै संसद्को रोस्ट्रममा पुगेका छन्।
संसद् बैठकमा पुगेका उनले बोल्छु भन्दै हात उठाएपछि सभामुख डीपी अर्यालले प्रत्येक दललाई दुई मिनेटको समय दिइएको र सोही समयमा प्रश्न सोध्न आग्रह गरेका थिए। तर, दलहरूले हरेक दललाई दुई मिनेट मात्रै समय दिइएको भन्दै असन्तुष्टि जनाइरहेका छन्।




















