राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलबारी नगर समितिको आगामी अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल बढेको छ। जेठ १७ गते हुने अधिवेशनमा सभापति र उपसभापति पदका लागि प्रतिस्पर्धा हुने भएपछि कार्यकर्तामाझ उत्साह थपिएको छ।
सभापति पदका लागि भीमकुमार श्रेष्ठ र पुष्पराज भण्डारी चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै उपसभापति पदमा भलाकाजी खड्का र जीवन राउत बीच प्रतिस्पर्धा हुने भएको छ।
खुला सदस्यतर्फ ३ पदका लागि ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। नेतृत्व चयनका लागि चुनावी माहोल तातेसँगै उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउन सक्रियता बढाएका छन्।
यसैबीच केही पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। सचिवमा झमकबहादुर खड्का, उपसचिवमा नगेनकुमार चौधरी, महिला सदस्यमा अनुजा कटुवाल, भावना बस्नेत अधिकारी, रेबिका फुयाल, मनिका जर्घा मगर र कल्पना तामाङ सर्वसम्मत चयन भएका छन्। यस्तै दलित सदस्यमा भक्तबहादुर विक सर्वसम्मत चयन भएका छन्।
रास्वपा बेलबारीका सचिव सुबास श्रेष्ठ का अनुसार अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

















