सर्वोच्च अदालत आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएको छ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो। 

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो।