नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

गृहमन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको हिजो (बुधबार) बसेको बैठकले एसपी सिंहलाई जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा सिफारिस गरेको हो।

सिंहलाई केहि दिनअघि जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको थियो।