रास्वपाकी सांसद निशा डागीँले संसद्को नयाँ भवनमा राखिएको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख र सांसद् बस्ने कुर्सीबारे प्रश्न गरेकी हुन्।

“दुई/तीन दिनपछि हामी नयाँ सदन जादै छौँ। उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो?,” उनले सोधिन्। 

उनले महालेखाले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं बाहिरिएको औंल्याएको बताइन्।

काठमा परनिर्भरता बन्द गर्न उनको माग छ। “परनिर्भरता बन्द गर्नैपर्छ। सुरुआत यही संसद् भवन र सिंहदरबारबाट गरौँ,” उनको माग छ।

उनले देशमै उत्पादन भएको काठबाट उत्पादन भएको फर्निचर प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।