नेपाली सेयर बजार मापक नेप्से सूचक मंगलबार ९.२४ अंक (०.३३ प्रतिशत)ले ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से उक्त अंकले घटेर २,७७७.१० विन्दुमा झरेको हो। कारोबारको पहिलो दिन सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको थियो।

आज बजारमा कुल ३४२ कम्पनीका एक करोड १८ लाख ६८ हजार ४०५ कित्ता सेयर चार अर्ब ८५ करोड सात लाख ७६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएका छन्। यस्तै, दिनभरमा कुल ५२ हजार ६९२ पटकको कारोबार भएको छ। जसमा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सर्वाधिक कमाउने कम्पनी कालिन्चोक हाइड्रोपावर हो। यसबाट लगानीकर्ताले सबैभन्दा धेरै ९.२३ प्रतिशत नाफा कमाएका छन्।

सबैभन्दा बढी गुमाउने कम्पनीमा भने सुपरखुदी हाइड्रोपावर रहेको छ। यसको सेयर मूल्य सर्वाधिक ३.१४ प्रतिशतले घटेको छ।

समग्रमा यसदिन म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको सेयर मूल्य बढ्दा बाँकी सबै समूह ओरालो लागेको छ।