झापाको मेचीनगर नगरपालिका–८ इटाभट्टास्थित सूर्योदय कम्पनीको पार्किङस्थलमा हावाहुरीका कारण दुई वटा बसमा क्षति पुगेको छ।
मंगलबार राति चलेको भीषण हावाहुरीले पार्किङस्थलको भवनमाथि रहेको जस्ताको छाना उडाउँदा त्यहाँ राखिएका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण उडेको जस्ता बसमाथि खस्दा दुबै सवारी साधनमा क्षति पुगेको हो। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।



















