काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्।
महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको बताइएको छ।



















