मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ चन्दनखाडी बस्ने ५० वर्षीय देवीलाल शर्माको आइतबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जीवन विकास सामुदायिक अस्पताल कटहरीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।




















