कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सोमबार बिहान सशस्त्र प्रहरी बलको टोलीले एक जनाको शव निकालेको छ।

भारत घर भई पोखरा–१७, घारीपाटनमा बस्दै आएका अन्दाजी ३४ वर्षीय मुकेश महतो आइतबार राति उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए। उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट राति नै टोली खटिएको थियो। तर, फेला नपरेपछि टोली फर्किएको थियो।

सोमबार बिहान पुनः विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोली खटिएको थियो। उक्त टोलीले २५० फिट तल सेतीको खोचबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।