स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका हुन्।
ट्याक्सीको नयाँ दर्ता रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सांसद पुनले सो व्यवस्था हटाउन माग गरेका छन्। विगत दुई दशकमा काठमाडौँको जनसंख्या उल्लेख्य बढे पनि ट्याक्सीको संख्या नबढ्नुले मिलेमतो र सिन्डिकेटलाई प्रशय दिएको पुनको भनाई छ। स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका छन्।
उनले २०५७ सालमा करिब ७ हजार ५ सय ट्याक्सी दर्ता रहेको र २०७२ सालको भूकम्पपछि थप १ हजार ५ सय ट्याक्सी थपिएर हाल जम्मा ९ हजारको मात्र ट्याक्सी सञ्चालनमा रहेको जानकारी दिए।
त्यस्तै, सांसद पुनले सरकारले जानीजानी ट्याक्सीको नयाँ दर्ता रोकेको आरोप लगाउँदै ट्याक्सीको संख्या बढाएर स्वरोजगार बन्न चाहने नागरिकलाई अवसर प्रदान गर्न सरकारसँग माग गरेका छन्।



















