भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छ।
पुष्य नक्षत्रको अवसरमा उनले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् पशुपतिनाथ मन्दिरमा चन्दन पठाएका हुन्।
उक्त चन्दन गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ क्षेत्र विकास कोषको कार्यालयलाई हस्तान्तरण गरिएको छ। पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा चन्दन हस्तान्तरण गरिएको हो।




















