झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो।

यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगरसहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ।