झापाको मेचीनगरमा घाइते अवस्थामा फेला परेको जंगली गौर प्रजातिको साँढे गोरुको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि घाइते अवस्थामा सुतिरहेको जंगली गौर स्थानीयले फेला पारेका थिए। घटनाबारे तत्काल इलाका प्रहरी कार्यालय काँकरभिट्टा हुँदै डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको थियो।

जानकारीपछि सम्बन्धित निकायको समन्वय भइरहेको अवस्थामा उक्त जंगली गौरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पछि डिभिजन वन कार्यालय धाइजनको टोली घटनास्थलमा पुगेर मृत गौरलाई लगेको जनाइएको छ।