कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा आज प्रस्तुत गर्दैछ।

प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभाको नवौँ अधिवेशन बुधवारदेखि सुरु भएको हो। अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राखेका थिए।

आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि प्रदेशसभामा छलफल हुनेछ र सोही आधारमा आगामी असार १ गते प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गर्नेछ।