सशस्त्र प्रहरी बलका दुई जना महिला कर्मचारीले सगरमाथा आरोहण गरेका छन्। सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन्। 

कार्कीले बिहान १० बजेर २० मिनेटमा र शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथा आरोहण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। सशस्त्रबाट प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी हुन्।

निम डिक्की इलामको सन्दकपुर गाउँपालिकाकी स्थानीय हुन्। रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे घर भएकी आरोपी अनिता कार्की राष्ट्रिय फेन्सिङ खेलाडी पनि हुन्।