कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन्।

शनिवार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो।

प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्।