कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गतेदेखि सुरु गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। सो अधिवेशनमार्फत आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल अघि बढाइनेछ।
बैठकपछि जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेठ ६ गते अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेश सभाको अधिवेशन औपचारिक रूपमा प्रारम्भ हुने बताए।




















