नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार दुई सय रुपैयाँले बढेर तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १७० रुपैयाँले बढेर तोलामा ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




















