पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १स्३ण् बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।
बस सडकबाट ३ सय मिटर तल खसेको हो। दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए।




















