दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन्। एमालेको चुनाव चिन्ह्न ‘सूर्य’ अंकित झण्डा रास्वपा कार्यकर्ताले जनाएका हुन्। दाङको तुलसीपुर क्षेत्र एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह चलाएको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो।
झण्डा जलाएका रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी नाराबाजीसमेत गरेका थिए।
सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन्। एमाले नेता र कार्यकर्ताले यो घटनाको विरोध गरेका छन्।




















