नेशनल प्याब्सन मोरङले एक दिने प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गुरुकुल पाठशाला बेलबारीमा सम्पन्न भएको थियो जसमा २१ वटा  विद्यालयहरूले विभिन्न १३ विधामा प्रतिस्पर्धा गरेका थिए। 
प्रतियोगितामा नृत्यमा माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो, सुन्दर बाटिका तेस्रो, र गुरुकुल शिक्षा सदनले सान्त्वना स्थान हासिल गरेका थिए। त्यस्तै, जुनियर फुटबलमा आदर्श इङ्लिस स्कुल कानेपोखरी प्रथम, गुरुकुल शिक्षा सदन बेलबारी दोस्रो, र प्रोग्रेस इङ्लिस स्कुलले तेस्रो स्थान हासिल गरेका थिए। 
DSC09709गर्ल्स भलिबलमा मकालु मोरङ इङ्लिस स्कुल प्रथम र पिनाकल ज्ञान मन्दिरले दोस्रो स्थान हासिल गरेका थिए भने पुरुष भलिबलमा माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीले प्रथम र  पिनाकल ज्ञान मन्दिरले दोस्रो स्थान हासिल गरेका थिए। त्यसैगरी, पेबल्स आर्टमा माइलस्टोन र सुन्दरवाटिकाको समूह प्रथम,   माइलस्टोन र सुन्दरवाटिकाको समूह दोस्रो, जेनिथ र रेशनल एकेडेमीको समूहले तेस्रो, पिनाकल र रेशनलको समूहले सान्त्वना स्थान हासिल गरेका थिए। 
नेपाली हस्तलेखन तर्फ गुरुकुल शिक्षा सदन प्रथम, सुन्दर बाटिका दोस्रो, स्मल हेभन तेस्रो र रेशनल एकेडेमीले सान्त्वना स्थान हासिल गरेका थिए भने अङ्ग्रेजी हस्तलेखनमा पनि गुरुकुल शिक्षा सदन नै प्रथम, माउन्ट हर्मन दोस्रो, रेशनल एकेडेमी तेस्रो र सुन्दर वाटिकाले सान्त्वना स्थान हासिल गरेका थिए। 
DSC09776एकल गायन प्रतियोगितामा सुन्दर बाटिका प्रथम, रेशनल एकेडेमी द्वितीय, गुरुकुल शिक्षा सदन तृतीय र आदर्श इङ्लिस स्कुलले सान्त्वना पोजिसन प्राप्त गरेका थिए।
उता नेपाली वक्तृत्वकलामा भने माइलस्टोन इङ्लिस स्कुल प्रथम, सगरमाथा स्कुल दोस्रो र पिनाकलले तेस्रो, र माउन्ट हर्मनले सान्त्वना स्थान हासिल गरे। चित्रकलामा रेशनल एकेडेमी प्रथम, गुरुकुल शिक्षा सदन दोस्रो, ज्ञान सागार एकेडेमी तेस्रो, पिनाकलले सान्त्वना स्थान हासिल गरेका थिए भने अङ्ग्रेजी हिज्जेमा आदर्श  इङ्लिस स्कुल र रेशनलको समूह प्रथम,  ज्ञान सागर र रेशनलको टिम दोस्रो, माइलस्टोन र गुरुकुलको टिम तेस्रो, सुन्दर बाटिका र गुरुकुलको टिमले सान्त्वना स्थान हासिल गरेका थिए। 
DSC09716जुनियर फुटबलको वेस्ट स्कोरको उपाधि माउन्ट हर्मनका प्रतीक भुजेल, वेस्ट प्लेयर आदर्शका अबिस दाहाल, वेस्ट फरवार्ड आदर्शका कृष्ण  गुरुङ, वेस्ट किपर आदर्शका सागर गुरुङ वेस्ट डिफेन्स गुरुकुलका पारुहाङ राई, वेस्ट मिड फिल्ड गुरुकुलका हिमांशु लोहनीले हासिल गरेका थिए। 
कार्यक्रम नेशनल प्याब्सन मोरङका अध्यक्ष दीपक चौलागाईंको सभापतित्वमा तथा प्रदेश सांसद ज्ञानेन्द्र सुबेदीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।
DSC09785