सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागूऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज १० गते ०१ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साइडमा बेवारिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शङ्का लागी चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोज तलास भइरहेको छ।