राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले अल्टिमेटम दिएका छन्।

१० महिनादेखि भाडावापतको रकम नपाएको र सुरक्षाको कारण घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन्। देवकोटा रास्वपाकै अनुशासन आयोगका प्रमुख हुन्।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडाको सहमतिसहित देवकोटाको घर बनस्थलीमा सारिएको थियो।