अन्तरिम सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।

जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेकाहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।

ओलीसहित रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी भइरहेको स्रोतले जनाएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाको पासपोर्ट रोक्का गर्न पनि सरकारले छलफल गरिरहेको छ। स्रोतका अनुसार सरकारले अध्यागमन विभागसँग पनि पासपोर्ट रद्द गर्ने प्रक्रियाको बारेमा छलफल गरेको छ।

सरकारले जेन–जी आन्दोलनमा भएको दमन र तोडफोडबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाइसकेको छ। र, आयोगसँग पनि सरकारले यसबारे परामर्श गरेको छ।