साफ यू–१७ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको हो।
यो पराजयसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलको अन्तिम चरणबाट बाहिरिएको छ। भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।