नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ।

होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ। बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए।

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए। तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो। त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो।

त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन्।