गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा चार वर्षीया रियाशा विकको मृत्यु भएको छ। घटनामा उनका बुवा नेरसिंह र आमा सुन्तली घाइते भएका छन्।

उनीहरू घरमा सुतिरहेका बेला राति करिब साढे ११ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए। 

घाइतेहरूलाई स्थानीय मेडिकल मलागिरीमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि जिल्ला अस्पताल, प्युठान पठाइएको प्रहरीले जनाएको छ। 

घाइते दुवैको अवस्था खतरामुक्त छ। त्यस्तै, जिल्लाका विभिन्न स्थानमा बुधबार दिउँसो परेको चट्याङले अन्य चार जना पनि घाइते भएका प्रहरीले जनाएको छ।